रसीद आलम,बिरगंज ,७ जेठ ।
सशस्त्र प्रहरी पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी )राधेश्याम धिमालले जिल्लाको कमान्ड सम्भालने बित्तिकै तस्करी नियन्त्रण गर्न अभियान नै सन्चालन गरेका छन् सोही अभियान अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्सा मातहतका विभिन्न युनिटहरुबाट खटिएका टोलिले रु.११ लाख ३ सय ५० बराबरको भन्सार छलिका सामानहरु तथा २ लाख बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएका छन् ।
प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले बिरगंज महानगरपालिका -१६ स्थित भन्सार चेकपोस्टमा ना २ ह ६०७२ नम्बरको अटोलाई पक्राउ गरेको छ।
चेकजाँच गर्ने क्रममा उक्त अटोमा फल्स बटम बनाई लुकाई छिपाई ल्याउदै गरेको रु.२६ हजार बराबरको कुर्था सुरुवाल बरामद भएको हुँदा अटोलाई नियन्त्रणमा लिई अटोको २ लाख मुल्यांकन गरि जम्मा रु. २ लाख २६ हजारको अटो र कपडा आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
बिरगंज गुल्मबाट खटिएको टोलिले बिरगंज महानगरपालिका-२५ ड्राईपोर्ट नजिकबाट अबैध रुपमा नेपालबाट ठेलामा लोड गरी भारततर्फ लैजादै गरेको भन्सार मुल्य रु.१ लाख १७ हजार बराबरको ट्रकको डिस, पुरानो ब्याट्री लगायतका कवाडहरु नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।
सूचना अधिकारी डिएसपी सिंहका अनुसार बिरगंज महानगरपालिका -२ भगुवाबाट बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलिले रु.२ लाख ३० हजार ५० बराबरको कपडा नियन्त्रणमा लिईएको छ।बिरगंज महानगरपालिका -२५ बहुअरी चोकबाट बि.ओ.पि. ड्राईपोर्टबाट खटिएको टोलीले रु.३० हजार ८ सय बराबरको मोटर साईकलको साईड लाईट १५४ पिस नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका गुल्म पति सशस्त्र प्रहरी नायब उपरीक्षक बिकास अधिकारीको कमान्डमा खटिएको टोलीले २ लाख ३१ हजार ८ सय ३० बराबरको कपडा ,हार्डवयर र किराना सामान बिरगंज १७ अलौबाट नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा बुझाएको
सशस्त्र प्रहरी पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी ) राधेश्याम धिमालले जानकारी गराए।
जगरनाथपुर गाउँ पालिका-२ दसौताबाट प्रस्तावित सिमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलिले बिआर २२ बिजि ७२३३ नम्बरको भारतीय मोटरसाइकलमा ल्याउदै गरेको मुल्य रु. ६४ हजार ६ सय ७० बराबरको बिभिन्न किसिमका आयुर्बेधिक औषधीहरु सहित मोटरसाइकललाई नियन्त्रणमा लिई रु.२ लाख ६४ हजार ६ सय ७० को मुल्याङ्कन गरी भन्सार दाखिला गरिएको एसपी धिमालले जनाए।
पर्सागढी नगरपालिका -४ भेडा खोलाको किनारबाट सुरक्षा बेश बेलवाबाट खटिएको टोली र सब डिभिजन बन कार्यलायबाट खटिएको टोलिले अबैध रुपमा जंगलबाट कटान गरी भेडा खोलाको किनारमा लुकाई छिपाई राखेको २ लाख रुपैयाँ बराबरको ८० क्यू. फिट सालको गोलिया नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि सब- डिभिजन बन कार्यालय सबैयामा बुझाईएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
