रसीद आलम,बिरगंज ,२३ जेठ ।
पर्सा प्रहरीले हुण्डी कारोबारामा सलंग्न एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलवार बेलुका ४:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाईपास स्थित सडकखण्डमा बसपार्कबाट ५ लाख ९० हजार स्रोत नखुलेको रकम सहित भारत बिहार राज्य पुर्वीचम्पारण रक्सौल वडा नम्बर २० कुम्हरियाटोल बस्ने बर्ष २९ को बबलु राज रौनियारलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीका अनुसार प्रतिमा चोकतर्फ संकाष्पद रुपमा पैदल हिडीरहेको अवस्थामा चेकजाँच गर्दा बबलु राज रौनियारले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको नेपाली रु.१००० दरको नोट ४१५ थान , नेपाली रु.५०० दरको नोट ३४० थान , नेपाली रु.५० दरको नोट १०० थान गरी जम्मा रु ५ लाख ९० हजार बरामद भएकाले निज बबलु राज रौनियारलाई नियन्त्रणमा लिई निज विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको छ।
