बिरगंजको शंकराचार्य गेटनीर वेवारिसे लास फेला ।

समाचार

पर्सा,२८ जेठ ।

बिरगंज महानगरपालिका -१६ शंकराचार्य गेटनीर वेवारिसे लास फेला परेको छ।

जेठ २७ गते दिउसो ५:३० बजेको समयमा शंकराचार्य गेट स्थित खुल्ला चौरमा कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएको नामथर वतन नखुलेको अन्दाजी वर्ष २५/३० को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ।

मृतकको लास नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखी थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताएका छन्

साथै मृतकको हुलियासंग मिल्ने कोही पुरुष हराइरहेको भए जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क राखी अनुसन्धान कार्यमा सहयोग पुर्‍याइ दिन डिएसपी भारतीले अनुरोध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले मृतकको हुलिया यसरी बताएको छ:-
१. उचाईः- ५ फिट ४ ईन्च
२. वजनः- ६०/६५ के.जी.
३. साथमा फेला परेको कपडाः- कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता
४. शरीरको बनौटः- मध्यम

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *