मधेशमा खानेपानीको समस्या समाधानको लागी बिशेष प्याकेजको ब्यवस्था गर्न सांसद हजराको मांग ।

समाचार

बिरगंज ,३० जेठ ।

नेकपा एमालेका सांसद प्रभु हजराले अहिले प्रचण्ड गर्मीको समयमा ठुलो समस्याको रुपमा देखिएको खानेपानीको कमीलाई मध्यनजर गर्दै मधेश प्रदेशमा खानेपानीको बिशेष प्याकेजको ब्यवस्था मिलाउन मांग गरेका छन ।

मंगलवार सांसद हजराले सदनमा शुन्य समयमा बोल्दै सो मांग गरेका हुन ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले हावाहुरीबाट क्षतिग्रस्त बनेका बारा, पर्साका पिडितहरुलाई तत्काल राहतको ब्यवस्था मिलाउन र बाकी रहेको बिधुतिय लाईन यथाशीघ्र जडान गर्न मांग गरेका हुन ।

उनले औधोगीक क्षेत्रमा मुख्य समस्याको रुपमा देखिएको बढदों लोडसेडिङलाई अन्त गर्नुका साथै स्टिल र आईरन उधोग कारखानाहरुमा लगाईको करको दायरा कम गरेर मार्कामा परेका उधोगहरुलाई संचालनमा ल्याउन सभामुख मार्फत अर्थमन्त्रीको ध्यानकर्षण समेत गराएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *