ठूलो मात्रामा भारतीय कुखुराको चल्ला बरामद

समाचार

रौतहट ,२२ असार । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबंधित भारतीय कुखुराको चल्ला बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले परोहा नगरपालिका ८ कबीर चौक स्थित तस्करले भारतीय बजारबाट लुकाई छिपाई ल्याएको एकलाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद गरेको हो ।

बरामद चल्ला लाई जिल्ला कुखुरा ब्यवसायी किसान संघको रोहबरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईं ले बताएका छन। सशस्त्र प्रहरीको टोलीलाई हेरेर कुखुरा तस्कर फरार भएपनि उनीहरूले प्रयोग गरेको विआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाईकल लगायत साईकलहरु बरामद गरिएको एस्पी हुमागाईंले जानकारी दिएका छन।

बरामद सवारीसाधन आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरीले  जानकारी दिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *