७ लाख ४६ हजार बराबरको भन्सार छलिका सामान बरामद।

समाचार

बिरगंज ,२५ असार।

सशस्त्र प्रहरी पर्साले रु. ७ लाख ४६ हजार ८ सय ९० बराबरको भन्सार छलिका सामान बरामद गरेको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको टोलीले असार २४ गते  बिरगंज महानगरपालिका -१६ ईदगाह चोक वरपरको ईलाकाबाट भन्सार छलिएका ३ लाख ३० हजार २ सय ७० बराबरको किराना सामान, अमुल चिज र मान्छेले प्रयोग गर्ने नर्मल ओैषधी बरामद गरी आवश्यक कारवाहिको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

असार २५ गते बिरगंज गुल्मबाट खटिएको टोलीले बिरगंज-१६ ईनर्वा बासघारी ईलाकाबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको मूल्य रु.२ लाख २७ हजार ५ सय  बराबरको १२५ थान साडी र ८ थान कमप्युटरको सिपियु  बरामद गरि आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

बिरगंज-२५ सिर्सीया स्थित सिमा ईलाकाबाट  भन्सार छलिका १ लाख ८ हजार बराबरको १०८ थान कुर्था सुरुवालको साथै  ईदगाह चोकबाट ८१ हजार १ सय २० बराबरको किराना सामान र कस्मेटिक सामान बरामद गरी आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको डिएसपी सिंहले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *