बारामा बस दुर्घटना हुँदा १४ जना घाइते

समाचार

बारा,२७ असार ।

 

बाराको पुर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ आउदै गरेको बस दुर्घटनामा परेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६  मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो ।

केही बेर अगाडि सवारी दुर्घटना हुँदा १४ जना घाइते भएको  बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्दार गरी उपचारका निम्ती सिमरा अस्पतालमा पठाईएको छ भने घाइतेहरुको पहिचान अझैसम्म खुल्न सकेको छैन।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *