सशस्त्र प्रहरी पर्साद्वारा रु. ८ लाख बराबरको भन्सार छलिका सामान बरामद ।

समाचार

बिरगंज ,२८ असार।

सशस्त्र प्रहरी बल पर्साले बिरगंजको विभिन्न एरियाबाट रु. ८ लाख बराबरको भन्सार छलिका सामान बरामद गरेको छ।

असार २६ गते सशस्त्रका प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले बिरगंज -१६ इनर्वा बासझ्याङ्ग ईलाकाबाट भारतबाट अबैध रुपमा भन्सार  छलि टाउकोमा बोकी  नेपाल तर्फ ल्याउदै गरेको मूल्य रु. ३ लाख बराबरको २०० थान साडिहरु  बरामद गरी आवश्यक कारवाहिको लागि  विरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
साथै गुल्मले ५५ हजार बराबरको २० के.जि. पनिर र ४५ के.जि. गुलावको फूल बरामद गरेको जनाएको छ।

त्यस्तै , असार २७ गते गुल्म बिरगंजले वार्ड नम्बर -२ श्रीरामहलको एरियाबाट भन्सार छलिका समान लोड रहेका रु.३ लाख बराबरको  मधेस प्रदेश ०३-००१ ह १२५९ नम्बरको अटो र मूल्य रु. १ लाख ४५ हजार  बराबरको कुर्थासुरुवाल बरामद गरि आवश्यक कारवाहिको लागि  विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *