“ज्यान मार्ने उद्योग गर्न नहुने” कसूर मुद्दामा संलग्न ८ जना ब्यक्तिहरु पक्राउःजिल्ला प्रहरी परिसर काठमाण्डौ

समाचार

असोज २८ काठमाडौ
ज्यान मार्ने उद्योग गर्न नहुने’ कसूर मुद्दामा संलग्न ८ जना ब्यक्तिहरुलाई  पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
मिति २०७९।०६।२५ गते बिहान अं. ०५:२० बजेको समयमा काठमाडौं जि.का.म.न.पा. वडा नं.-२६ गल्कोपाखास्थित हनुमान चोकनजिक अल्फाबेट नं. नखुलेका चार वटा मोटरसाइकलमा आएका ८ जना अपरिचित ब्यक्तिहरुको समूहले जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. १३ घर भई हाल काठमाडौ जि.का.म.न.पा. २६ गल्कोपाखा बस्ने बर्ष २७ को पुरुष ब्यक्ति र जिल्ला पाँचथर फिदिम न.पा. १२ घर भई हाल का.जि.का.म.न.पा. २६ गल्कोपाखा वस्ने बर्ष ३२ को पुरुष ब्यक्तिसमेत २ जनालाई पिछा गरी ‘ज्यान मार्ने नियतले’  योजनाबद्द तवरले पछाडिबाट धारिलो हतियार खुकुरी, बोतल, ईट्टा समेतले प्रहार गर्दा पीडितहरुको टाउको, गोडा र शरीरका अन्य बिभिन्न भागहरुमा गम्भीर चोट पुर्‍याई घाइते बनाई फरार भएको  सूचना प्राप्‍त हुन साथ तत्कालै प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा खटी गई घाइतेहरुलाई उद्दार गरी उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याई उपचार शुरु गरिएको जानकारी जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रमुख ले दिएका छन ।
जिल्ला प्रहरी परिसर काठमाण्डौ, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी बृत्त लैनचौरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली सन्युक्त रूपमा परिचालित भई अनुसन्धानको क्रममा  जिल्ला दोलखा सैलुङ गा.पा.वडा नं. २ हाल जिल्ला काठमाण्डौ गोकर्णेशवर न.पा.जोरपाटी बस्ने राम कुमार तामाङको छोरा वर्ष ३३ को जीवन तामाङ,  जिल्ला सिन्धुपाल्चोक बाह्रबीसे न.पा.वडा नं. ८ हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं ०८ बस्ने तेन्जी शेर्पाको छोरा वर्ष २७ को दोर्जे शेर्पा , जिल्ला दोलखा शैलुङ गा.पा.वडा नं. २ हाल जिल्ला काठमाण्डौ गोकर्णेशवर न.पा. वडा नं ०६ बस्ने सोम बहादुर तामाङको छोरा वर्ष २९ को बिनोद तामाङ ,जिल्ला रामेछाप गोकुलगंगा गा.पा.वडा नं. २ हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं ५ जोरपाटि बस्ने लोकदर्शन श्रेष्ठको छोरा वर्ष २८ को बिकास श्रेष्ठ ,     जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा.वडा नं. १० बस्ने बेल बहादुर खत्रीको छोरा वर्ष २९ को राजेन्द्र खत्री ,   जिल्ला दोलखा मेलुङ गा.पा. वडा नं. ३ घर भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं ०८ जोरपाटी बस्ने धन बहादुर तामाङको छोरा वर्ष २९ को प्रदिप तामाङ ,  जिल्ला काभ्रेपलान्चोक रोशी गा.पा.वडा नं. ०८ हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.वडा नं बौद्ध बस्ने वर्ष ३२ को दिपेन लामा ,  जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.७ चाबहिल बस्ने दल बहादुर डंगोलको छोरा बर्ष २६ को करण डंगोल लाई नियन्त्रणमा लिई  निजहरुको साथबाट खुकुरी थान-३थान, प्र.३-००२ -०१० प ३७६५ नं. को एन.एस. मोटरसाइकल थान-१ ,प्र.३-०२-०११ प ४६४७ नं. को २२० सिसिको पल्सर मोटरसाइकल थान-१ र घटना स्थलमा फेला परेका ईट्टा र च्यातिई रक्तामे भएका कपडाहरु प्रहरी ले बरामद  गरेको छ ।
उक्त घटनाको सम्बन्धमा प्रकरण नं. (ख) मा उल्लिखित दशीसहित प्रकरण नं. (क) मा पक्राउमा परेका ८ जना ब्यक्तिहरु उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसूरको दफा १८३ ‘ज्यान मार्ने उद्योग गर्न नहुने’  मुद्दामा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन – ७ को म्यादथप अनुमति लिई प्रहरी बृत्त लैनचौरबाट थप अनुसन्धान भई रहेको जानकारी प्रहरीले प्रेस बिज्ञयपती मार्फत जनाएको छ ।

  

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *