असोज २८ बिरगंज रसीद आलम
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला विपद् व्यवस्थापन समिति बिरगंज पर्साको आयोजनामा तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा र नेपाल रेसक्रस सोसाइटीको सहयोगमा जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं.१० स्थित पुरानो बस पार्कमा शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा विपद सम्वन्धीत कृतिम घटना अभ्यास तथा तालिम कार्यक्रम सम्पन्न भएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान ज्युले जानकारी दिनुभएको छ।
सो कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमूख तथा प्रतिनिधिहरु, बैक,होटल,ठेलावालाहरू स्थानीयबुद्धिजीवीहरु , समाजसेवी,संचारकर्मी र यस सेवा केन्द्रका प्रतिनिधीहरुको उपस्थितिमा विपद सम्वन्धीत कृतिम घटनाका अभ्यास तथा तालिम कार्यक्रम शुक्रबार बेलुका १६:०० बजेको समयमा सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ ।
दिपावली तथा छठ पर्वको उपलक्ष्यमा लक्षित गर्दै सो कार्यक्रममा ग्यास सिलेण्डरमा आगो लागेपछी कसरी सुरक्षित बच्ने तथा उपायहरू,भान्सामा आगो लागे पछि निभाउने तरीका,दिपावली र छठ पुजामा पटाका पटकाउदा हुने सम्भावित आगलागी भएमा बच्ने उपाएको बारेमा अभ्यास तथा तालिम कार्यक्रम गरिएको जानकारी अध्यक्ष खेतानले दिएका छन ।
उक्त कार्यक्रममा उपमेयर ईमतियाज आलम ज्यु- बिरगंज महानगरपालिका पर्सा , प्र.जि.अ.उमेश कुमार ढकाल ज्यु- जि.प्रशा.का.पर्सा, स.प्र.जि.अ.भिमकान्त ढकाल ज्यु – जि.प्रशा.का.पर्सा, स.प्र.जि.अ.महेश राज तिम्सिना ज्यु – जि.प्रशा.का.पर्सा, प्र.सेनानी डायमन कार्की- श्री श्रीजगं गण बिरगंज पर्सा, प्र.उ. रमेश कुमार बस्नेत- जि.प्र.का.पर्सा, प्र.ना.उ.दिपक गिरी- जि.प्र.का.पर्सा,स.प्र.ना.उ.चन्द्र कुमार थापा- स.प्र.ब.१३ नं.गण बिरगंज पर्सा ,प्र.नि. विशाल मल्ल- व.प्र.का.विर्ता पर्सा,सेनानी किशोर बहादुर अधिकारी – श्री श्रीजगं गण बिरगंज पर्सा,काउन्सिल सशि भुषण – भारतका महावाणिज्यदूत बिरगंज पर्सा,अध्यक्ष ग्यासुदीन ठकुराई- ग्रिनसिटी सा.से.के.छपकैया-२ उपस्थिति थियोे ।
