देवरको खुकुरी प्रहारबाट भाउजुको हत्या, ठूलोबुबा घाइते

समाचार

मोरङ, असार २२ ।मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरले खुकुरी प्रहार गर्दा आफ्नै भाउजुको मृत्यु भएको छ।

प्रहरीका अनुसार स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीमाथि उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरी प्रहार गरेका थिए। घाँटीमा गम्भीर चोट लागेकी सिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा ४७ वर्षीय शिवलाल खवास (ठूलोबुबा) समेत घाइते भएका छन्। उनको दाहिने काँधमा गहिरो चोट लागेको छ। घाइते शिवलालको स्थानीय नेता चोकस्थित मेडिकलमा उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैंचा र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग भएको खुकुरीसहित आरोपित सौचन खवासलाई नियन्त्रणमा लिएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *