हराएको मोटरसाइकल चार घण्टामै बाराबाट फेला, धनीलाई जिम्मा

समाचार

बारा, असार २२। मकवानपुर जिल्लाबाट हराएको मोटरसाइकल बारा प्रहरीले चार घण्टामै फेला पारी सम्बन्धित धनीलाई जिम्मा दिएको छ।

बारा प्रहरीका अनुसार २०८३ असार २१ गते दिउँसो करिब ३:०० बजे मकवानपुरको कैलाश गाउँपालिका–१ क्षेत्रबाट बा.प्र.०२–०६५ प ७०५८ नम्बरको मोटरसाइकल हराएको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा जानकारी प्राप्त भएको थियो। त्यसलगत्तै इलाका प्रहरी कार्यालय सिमरासहित मातहतका प्रहरी युनिटलाई खोजतलासका लागि परिचालन गरिएको थियो।

खोजी अभियानका क्रममा सोही दिन साँझ करिब ७:०० बजे बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा चोकमा उक्त मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी फेला परेको मोटरसाइकल सम्बन्धित धनीलाई सुरक्षित रूपमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीले सवारी साधन चोरी तथा हराउने घटनामा तत्काल सूचना दिन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता घटनाको नियन्त्रणका लागि निगरानी र खोजी कार्यलाई निरन्तरता दिइने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *