सर्लाहीमा झण्डै ९७ लाख रुपैयाँ बराबरका अवैध कपडा बरामद

समाचार

सर्लाही, असार २२। सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलस्थित शिवम वस्त्रालय (होडिङ बोर्ड नभएको) बाट करिब रु. ९७ लाख १९ हजार ६३० बराबरका अवैध कपडा बरामद गरिएको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय मलङ्गवा, नेपाल प्रहरी, भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले आइतबार छापा मार्दा अवैध रूपमा लुकाई राखिएका विभिन्न प्रकारका कपडा फेला पारी बरामद गरेको हो।

बरामद गरिएका कपडाको अनुमानित मूल्य रु. ९७,१९,६३० रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको तथा अवैध कारोबारमा संलग्न व्यक्तिको पहिचान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *