असोज २५ बिरगंज रसीद आलम
सशस्त्र प्रहरी बल पर्सा का रामगढवा बि ओ पि ड्राईपोर्ट र सिर्सिया बि ओ पि का सन्युक्त टोलिले बिलमा उल्लेख भएको भन्दा बढी समाान लोड गरिएका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर २४ ड्राईपोर्ट स्थित रामगढवाबाट सोमबार ११.३० बाजे राति ना ३ ख १००९, ना ६ ख ७१ र ना ६ ख १८७८ नम्बरको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सप्रनाउ सन्तोष कुमार बस्नेतले जानकारी दिएका छन ।
भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी कस्मेटीक, लेडिज जुत्ता, स्टेसनरी तथा ईलेक्ट्रिक समानहरु लोड गरिएको तीन वटा ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल १३ नंबर हेड क्वाटरका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए । पोखरेलले तीन वटै ट्रकबाट बरामद भएका सामानको मुल्य रु.२३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ रहेको र तीन वटै ट्रकको मुल्यांकन मुल्य रु. ९० लाख पर्ने अनुमान गरिएको बताए ।
तीन वटा ट्रक र सामान सहित कूल १ करोड १३ लाख ४८ हजार ८ सय ५८ रुपैयाको मुल्यांकन गरि आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जानकारी पोखरेलले दिए ।
वीरगन्जको जय माँ दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ३ ख १००९ नम्बरको ट्रकमा लोड भएको सामानको मुल्य रु.१० लाख ५४ हजार ६ सय ३६, श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख ७१ नम्बरको ट्रकमा लोड गरिएको सामानको मुल्य रु.९ लाख ३२ हजार ६ सय ८० र श्री दुर्गारोड क्यारियर्सबाट लोड भएको ना ६ ख १८७८ नम्बरको ट्रकमा राखिएको सामानको मुल्य रु.३ लाख ६१ हजार ५ सय ३७ रुपैयाँ मुल्यांकन गरिएको सशस्त्र प्रहरी पर्सा ले जनाएको छ ।
