बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू लोड रहेको ट्रकहरु बिरगंजमा पक्राउ ।

समाचार

रसीद आलम, पर्सा ,११ साउन ।

बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले बुधबार राती २:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा ना.३ ख ५५७६ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

पक्राउ गरेको ट्रक र सो भित्र लोड रहेको समानहरू मुल्य रू. बयालिस लाख दश हजार तिन सय चौरानब्बे बराबरको मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट धनुषातर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी  कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार  राती ३:०० बजे  वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डमा ना.३ ख ३१९९ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त  ट्रकलाई पक्राउ गरि रू. एकचालीस लाख सतहत्तर हजार छ सय सात बराबरको मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *