सशस्त्र प्रहरी पर्साले ३५ करोड ५९ लाख बराबरको अवैध सामान नियन्त्रणमा लियो

समाचार

पर्सा, ४ फागुन ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा. पर्साले गत ९ महिनाको अवधिमा ३५ करोड ५९ लाख २१ हजार ९१० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिई भन्सार तथा राजस्व कार्यालयमा बुझाएको छ।

गत २०८१ सालको जेठ महिनामा गणपतिको रूपमा आएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालको नेतृत्वमा अवैध चोरी तस्करी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ। २०८० सालको जेठदेखि माघ महिनासम्म १७ करोड ९ लाख ६९ हजार १९६ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिइएको थियो। तर, २०८१ सालमा सोही अवधिमा बरामद सामानको मूल्य दोब्बरले वृद्धि भई ३५ करोड ५९ लाख २१ हजार ९१० पुगेको छ।

९ महिनामा तस्करी नियन्त्रणमा ठूलो उपलब्धि

२०८० को तुलनामा २०८१ सालमा तस्करी नियन्त्रणको प्रभावकारिता झन् बढेको देखिन्छ। २०८० साल जेठ महिनामा ७३ लाख ४१ हजार ६५८ रुपैयाँ बराबरको अवैध सामान भन्सारमा बुझाइएको थियो भने २०८१ सालको सोही महिनामा ४ करोड ४२ लाख ६५ हजार ४८७ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइयो।

त्यस्तै, अन्य महिना अनुसारको तुलनात्मक विवरण निम्नानुसार छ:

  • असार: २०८० मा ५६ लाख ७२ हजार ४१३, २०८१ मा ६ करोड ८२ लाख १ हजार ४४०
  • श्रावण: २०८० मा ३ करोड ९६ लाख ९१ हजार ३४४, २०८१ मा ५ करोड ४२ लाख ८१ हजार २३१
  • भाद्र: २०८० मा २ करोड ४८ लाख ५४ हजार ४८५, २०८१ मा ३ करोड ५९ लाख ९४ हजार ३४७
  • असोज: २०८० मा ५ करोड ८३ लाख २६ हजार ८७, २०८१ मा १ करोड ९८ लाख ९३ हजार ३९४
  • कार्तिक: २०८० मा ३७ लाख १३ हजार ८५६, २०८१ मा ३ करोड ४४ लाख ७३ हजार ६७८
  • मंसिर: २०८० मा ८७ लाख ७९ हजार ७२७, २०८१ मा ३ करोड ३० लाख २४ हजार ७४७
  • पुष: २०८० मा १ करोड ३ लाख ४९ हजार ५६८, २०८१ मा ३ करोड ५१ लाख ५९ हजार १५३
  • माघ: २०८० मा १ करोड २२ लाख ४० हजार ५८, २०८१ मा ३ करोड ६ लाख २८ हजार ४६२

भन्सार र राजस्व कार्यालयमा बुझाइएको अवैध सामानमा वृद्धि

सशस्त्र प्रहरीले बरामद अवैध सामान वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय, पथलैया बारा, लगायतका निकायमा बुझाएको छ।

  • भन्सार कार्यालयमा बुझाइएको सामान: २०८० मा ७ करोड ३९ लाख १४ हजार ६१८, २०८१ मा २३ करोड ४१ लाख २७ हजार ३५८
  • राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको सामान: २०८० मा ९ करोड ७० लाख ५४ हजार ५७८, २०८१ मा १२ करोड १७ लाख ९४ हजार ५५२

एसपी धिमालको नेतृत्वमा तस्करी नियन्त्रण प्रभावकारी

सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी नरेन्द्र सिंह धामीका अनुसार एसपी धिमालको नेतृत्वमा तस्करी नियन्त्रणमा करिब २०० प्रतिशत वृद्धि भएको छ। धामीकाअनुसार खुला सिमानाका कारण चुनौतीहरू भए पनि सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणलाई कडाइका साथ अघि बढाइरहेको छ।

एसपी धिमालले तस्करीविरुद्ध अझै कडाइ गर्दै जनताको जिउधनको सुरक्षालाई पहिलो प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *