पर्सा प्रहरीद्वारा साढे ३७ लाख बराबरको समानसहित ट्रक पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,१९ साउन ।

पर्सा प्रहरीले औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रू.३७ लाख ६२ हजार ९ सय १६ बराबरको औषधी तथा खुद्रा सामानहरू लोड रहेको ना.७ ख १६३१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

साउन १७ गते राती १०:०५ बजेको समयमा पर्साको वीरगञ्ज म.न.पा.वडा नं.१४ गण्डक स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा ना.७ ख १६३१ नम्बरको ट्रकमा लोड रहेको औषधी तथा खुद्रा सामानहरूको बिलबिजक सन्कास्पद रहेकाले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका एसपी कुमोध ढुंगेलले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *