रसीद आलम ,बारा,१९ साउन ।
बारा प्रहरीले म्याद नाघेका मुल्य रू.८ लाख १९ हजार ४ सय बराबरको ४८२ क्यारेट पेप्सी, डियु र स्प्राईट नियन्त्रणमा लिएको छ।
साउन १९ गते बिहान ६:३० बजेको समयमा बाराको कलैया उप-महानगरपालिका वडा नं.१ राजदेवी टोल बस्ने अमित केसरीको नाममा दर्ता रहेको केसरी एण्ड केसरी सन्स ईम्पेक्समा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले छापामारि गर्दा पेप्सी, स्प्राईट, माउण्टेन डियू, सेभेन अप, सलाईस र मिरिन्डा समेत गरी ४८२ क्यारेटमा ११ हजार ५ सय ६८ बोतल पेय पदार्थको म्याद नाघेकाले सो पेय पदार्थलाई जफत गरि आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीका एसपी महेन्द्र खड्काले जनाएका छन् ।
बारा प्रहरीका अनुसार डिलरबाट एक्सपाएर भएको पेय पदार्थहरू स्प्राईट, डियू र कोकाकोला बिक्री बितरण भैरहेको छ भनि विशेष सूचनाको आधारमा छापामारी गरिएको हो।
