लागु औषध गाँजा सहित एक जना महिला पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,१९ साउन ।

पर्सा प्रहरीले ५० किलो लागु औषध गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको छ।

साउन १७ गते राती ९:३० बजेको समयमा पर्साको ठोरी गाउँपालिका वडा नं.२ सुन्दरबस्ती टोल बस्ने वर्ष ३० की अनिता गुरौलाई उक्त लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार निज महिलाले आफ्नै घरमा लागु औषध गाँजा लुकाइ छिपाइ राखिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले घरको खानतलासी गर्दा सुत्ने कोठामा रहेको बक्स पलङ्गभित्र लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ५० के.जी. फेला परेको हो।

निज अनिता गुरौलाई नियन्त्रणमा लिइ निज विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता डिएसपी दिपक भारतीले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *