वडा कप नकआउट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा छपकैया विजयी, खेलाडीहरू सम्मानित

समाचार

वीरगञ्ज ,२३ पुस। वडा कप नकआउट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा वीरगञ्ज महानगरपालिका वडा नं. २, छपकैया टोलका क्रिकेट खेलाडीहरूले शानदार विजय हासिल गरेका छन्। उक्त ऐतिहासिक जितको अवसरमा विजेता खेलाडीहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।


कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोहम्मद रियाजले खेलाडीहरूको मनोबल उच्च पार्दै गम्छा ओढाई तथा फूलमाला लगाई सम्मान गर्नुभयो। खेलाडीहरूको उत्साहजनक प्रदर्शनप्रति छपकैया बासीहरू हर्षित भएका छन्।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रियाज मियाँले भन्नुभयो, “मेरो टोलका भाइहरूले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्नु अत्यन्त गर्वको विषय हो। यो जित केवल खेलाडीहरूको मात्र होइन, सम्पूर्ण छपकैया बासीहरूको जित हो। आगामी दिनमा यी खेलाडीहरूले छपकैया टोललाई खेलकुदमार्फत देश–विदेशमा चिनाउनेछन् भन्नेमा म पूर्ण विश्वास गर्छु। उज्ज्वल भविष्यका लागि सबै भाइहरूलाई हार्दिक शुभकामना।”
स्थानीय बासीहरूले खेलाडीहरूको हौसला बढाउने वडा अध्यक्षको पहलप्रति धन्यवाद व्यक्त गरेका छन्। सम्मान पाउँदा आफूहरू अत्यन्त खुशी भएको खेलाडीहरूले बताएका छन्। उनीहरूले भने, “यस्तै हौसला र समर्थन पाइरह्यो भने हामी कहिल्यै निराश पार्ने छैनौँ। छपकैया टोलको नाम देशमा मात्र होइन, विदेशमा पनि चिनाउनेछौँ।”

खेलाडीहरूले छपकैया बासी र वडा अध्यक्षप्रति मायाँ, स्नेह र सम्मानका लागि धन्यवाद ज्ञापन गर्दै खुशी व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *