सार्क पत्रकार मञ्च नेपाल च्याप्टरद्वारा प्रदेश संयोजकहरू मनोनीत

समाचार

बिरगंज ,२३ पुस।
सार्क पत्रकार मञ्च (SAARC Journalist Forum) ले नेपाल च्याप्टरअन्तर्गत विभिन्न प्रदेशका पत्रकारहरूलाई प्रदेश शाखा संयोजकमा मनोनीत गरेको छ।

सार्क जर्नलिष्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाका अनुसार मधेश प्रदेशमा मो. सद्दाब मलिक, बागमती प्रदेशमा राजु नापित, सुदूरपश्चिम प्रदेशमा करण ताम्राकार, कर्णाली प्रदेशमा युवराज शर्मा, लुम्बिनी प्रदेशमा दशरथ घिमिरे, गण्डकी प्रदेशमा रुद्र श्रेष्ठ मगर तथा कोशी प्रदेशमा भोला श्रेष्ठलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिएको हो।

मधेश प्रदेशका संयोजक मो. सद्दाब मलिकले चाँडै नै प्रदेशस्तरीय कार्यसमिति विस्तार गरी संगठनलाई थप सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गरे।
उक्त मनोनयन तथा कार्यक्रम सार्क जर्नलिष्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव अब्दुल रहमानलगायतका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

यसै क्रममा भारतको बिहार राज्यस्थित नालन्दामा पुस २० र २१ गते अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन आयोजना गरिएको थियो। सम्मेलन सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल च्याप्टर बिहार, नालन्दा खुला विश्वविद्यालय, अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

उक्त सम्मेलनमा नेपालबाट सहभागी भएका नृपेन्द्रलाल श्रेष्ठ, सद्दाब मलिक, दिपेन्द्र प्रजापति, सैलेश गुप्ता, अभिलाष गुप्ता, राजन कुमार सिंह तथा सुभास रामलाई पत्रकारिता क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो।

सार्क क्षेत्रभित्र पत्रकारिताको विकास, सहकार्य र अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको सम्मेलनले क्षेत्रीय पत्रकारहरूबीच आपसी सम्बन्ध मजबुत बनाउने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *