बिरगंज ,२९ साउन ।
पर्सा प्रहरीले चेकजाँचको क्रममा लागू औषध गाजा ५ केजि सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत बिहारको करण कुमार सोनि रहेको स्रोतले जनाएको छ।
मंगलवार करिब बेलुका ४ बजेको समयमा बिरगंज -१६ शन्कराचार्य गेट अगाडिबाट प्रहरी चौकी ईनर्वाले सोनिलाई नियन्त्रणमा लिएको छ।
नेपालबाट भारततर्फ गईरहेको अवस्थामा ईनर्वा चौकीका प्रहरी नायब निरीक्षक अजय कुमार रामको कमान्डमा खटिएका टोलिले चेकजाँचको क्रममा सो परिमाणको गाजा बरामद गरि भारतीय नागरिक सोनिलाई नियन्त्रणमा लिएको छ।
सो सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कार्वाही भईरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताएका छन् ।
