रसीद आलम ,बिरगंज,१ असोज ।
पर्सा प्रहरीले बिरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंकी टोलमा रहेको जमुना सेकुवा पसलबाट लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भदौ ३० गते दिउसो २ बजेको समयमा भारत विहार जिल्ला मोतीहारी थाना आदापुर बस्ने वर्ष २३ को बिकाश कुमार पटेललाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको जारी प्रेस-विज्ञप्ती अनुसार
जमुना सेकुवा पसलमा लागु औषध खरिद बिक्री कारोवार भैरहेको छ भन्ने बिशेष सुचनाको अधारमा खटिएका जिल्ला प्रहरीको टोलि तथा मातहत प्रहरी चौकी बसपार्कको संयुक्त प्रहरी टोलीले बिकाश कुमार पटेललाई नियन्त्रणमा लिई खानतलासी गर्दा पटेलले लगाएको पाइन्टको खल्तीबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४८ ग्राम फेला परेको हुँदा पक्राउ गरिएको हो।
पटेललाई नियन्त्रणमा लिइ निज विरूद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन् ।
