सशस्त्र प्रहरी पर्साद्वारा १८ लाख भन्दा बढीका भन्सार छलिका सामान बरामद ।

समाचार

बिरगंज ,१२ असोज ।

सशस्त्र प्रहरी बल पर्साले रु.१८ लाख ६१ हजार ६ सय बराबरको भन्सार छलिका विभिन्न सामान बरामद गरेको छ।

असोज १० गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा  गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको टोलि र बिरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलिले बिषेश सुचनाको आधारमा पर्साको बिरगंज म.न.पा.-१२ मुर्ली स्थित भारतबाट अबैध रुपमा भन्सार छली ल्याई खुर्सेद अंसारीको घरको पछाडी कोठामा लुकाई छिपाई भणडारन गरी राखेको रु. १६ लाख २५ हजार ४ सय बराबरको बिभिन्न ब्राण्डको चक्लेट, फेबिक्विक र दाँतमाझ्ने ब्रस बरामद गरेको छ।

बरामद गरिएका सो सामानहरु आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले जनाएका छन् ।

त्यस्तै ,असोज ११ गते सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साबाट खटिएको टोलीले बिरगंज म.न.पा- २५ चण्डाल चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली बिआर ०५ यु ४२१० नम्बरको भारतीय मोटरसाइकलमा लोड गरि नेपाल तर्फ ल्याउदै गरेको रु. ८६ हजार २ सय बराबरको कपडा, किराना सामान नियन्त्रणमा लिएको छ।

बरामद गरेको मोटरसाइकलको भन्सार मुल्य रु. १ लाख ५० हजार मुल्याङ्कन गरि मोटरसाइकल र सामान आवश्यक कारवाहिको लागि  बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको डिएसपी सिंहले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *