३४ किलो गाँजासहित दुई जना पक्राउ

समाचार

रसीद आलम ,बारा, १८ कात्तिक । विशेष सूचनाका आधारमा प्रहरीले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–४, गंगानगर टोलबाट ३४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले बिहान करिब ९:३० बजे हिरा महतोको गाईगोठभित्र लुकाइछिपाई प्याकिङ गर्दै गरेको अवस्थामा गाँजा फेला पारेको हो।

पक्राउ पर्नेमा गंगानगर निवासी २५ वर्षीय दीपेन्द्र उर्फ जितेन्द्र कुशवाहा र ३५ वर्षीय सरोज प्रसाद यादव रहेका छन्।

प्रहरीले बरामद गरेको गाँजा पाँच वटा पोकामा प्याक गरिएको थियो। उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरी नियन्त्रणमा राखिएको बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *