चोरी पैठारी गरी ल्याइएका दुई लाखभन्दा बढी मूल्यका चकलेट बिर्ता प्रहरीको नियन्त्रणमा।

बिदेश राजनीति समाचार

बिरगंज ,११ मंसिर ।

जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा मंसिर १० गते साँझ करिब ४ बजे वीरगंज महानगरपालिका–१६, रजतजयन्ती चोकमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका विभिन्न प्रकारका चकलेटहरू नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका चकलेटहरूको अनुमानित मूल्य करिब दुई लाख नौ हजार रुपैयाँ रहेको छ। प्रहरीले उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगंज, पर्सामा बुझाएको छ।

प्रहरीले भन्सार छली हुने गतिविधिमा निगरानी तीव्र बनाएको र यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्ने बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *