बिरगंज ,११ मंसिर ।
जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मिति, समय, र स्थानबाट हराएका तथा चोरी भएका मोबाइल फोनहरू खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
प्रहरीले हराएका तथा चोरी भएका मोबाइल सेटहरू फेला पारी मोबाइलधनीलाई बुझाउने कार्य जारी राखेको जनाएको छ। यस कदमले सर्वसाधारणमा प्रहरीप्रति विश्वास वृद्धि भएको र सम्पत्ति फिर्ता गर्ने कार्यप्रति सकारात्मक प्रभाव परेको छ।
प्रहरीले हराएका तथा चोरी भएका मोबाइलहरू फिर्ता गर्न सहयोग चाहिने व्यक्तिहरूलाई कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।
