बारा,११ मंसिर ।
जिल्ला प्रहरी कार्यालय बाराको विभिन्न इकाइबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत, कलैयाबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ४ जना प्रतिवादीलाई पक्राउ गरी मंसिर १० गते अदालतमा पेश गरेको छ।
पक्राउ परेका प्रतिवादीहरू
१. रिजवा नुरुल्लाह ठकुराई
ठेगाना: विश्रामपुर गाउँपालिका-१, घोडासहान
कसुर: चेक अनादर
जरिवाना: १,००० रुपैयाँ
पक्राउ स्थल: इलाका प्रहरी कार्यालय छतवा
२. पशुराम कुशवाह
ठेगाना: विश्रामपुर गाउँपालिका-१, घोडासहान
कसुर: चेक अनादर
जरिवाना: २,५०० रुपैयाँ
पक्राउ स्थल: प्रहरी चौकी गंजभवानिपुर
३. बाजुलहक अंसारी
ठेगाना: विश्रामपुर गाउँपालिका-१, घोडासहान
कसुर: चेक अनादर
जरिवाना: तोकिएको छैन
पक्राउ स्थल: इलाका प्रहरी कार्यालय छतवा
४. पुष्कर कामर चौधरी
ठेगाना: महागढीमाई नगरपालिका-२, बरियारपुर बजार
कसुर: चेक अनादर
जरिवाना: १,००० रुपैयाँ
पक्राउ स्थल: प्रहरी चौकी बरियारपुर
पक्राउ परेका सबैलाई सम्मानित बारा जिल्ला अदालत, कलैयामा पेश गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
