मण्डपबाटै पक्राउ परेका बेहुलालाई पाँच दिन थुनामा राख्न अनुमति

समाचार

काठमाडौं, १३ असार । काठमाडौं जिल्ला अदालतले मागे जति दाइजो नदिएकाले विवाह तोड्ने धम्की दिएको भन्दै मण्डपबाटै नियन्त्रणमा लिइएका बेहुलालाई थुनामा राख्न पाँच दिन म्याद दिएको छ ।

सुनसरीका ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले मंगलबार नक्सालस्थित एक पार्टी प्यालेसबाट पक्राउ गरेको थियो ।

विवाह भइरहेकै बेला बेहुली र उनको परिवारसँग ५० लाख रुपैयाँ दाइजो मागेपछि उनी प्रहरी नियन्त्रणमा पुगेका हुन् । रौनियार अमेरिकी ग्रिनकार्ड होल्डर हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *