रसीद आलम ,काठमाडौं, ४ पुस ।
खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाको ईन्द्रचोक, जनबहाल, न्युरोड, असन लगायतका क्षेत्रका लागि मेलम्ची खानेपानी पाइप विस्तार कार्यको अबेर राति छड्के अनुगमन गरेका छन्।
मेलम्चीको नयाँ पाइपलाइनबाट केही स्थानमा चुहावट भइरहेकाले ती चुहावटहरू तुरुन्तै मर्मत गरी अन्तिम परीक्षण कार्य सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएका छन्।
खानेपानीको सहज वितरणका लागि बिछ्याइएको नयाँ पाइपलाइनमा देखिएको समस्या समाधान गरी छिटोभन्दा छिटो सुचारु गर्न मन्त्री यादवले सम्बन्धित निकायलाई आग्रह गरेका छन्। अनुगमनका क्रममा उनले मेलम्ची खानेपानी योजनाको काम समयमै सम्पन्न गर्न आवश्यक समन्वय र पहल गर्नुपर्नेमा पनि जोड दिए।
