काठमाडौं ,४ पुस।
जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई दोस्रो पटक पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को फाइनलमा स्थान सुरक्षित गरेको छ। कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा पूरा गर्दै सुदूरपश्चिम रोएल्ससँग उपाधि भिडन्त पक्का गरेको हो।
यसअघि लिग चरणको खेलमा पनि जनकपुरले कर्णालीलाई पराजित गरेको थियो। अब जनकपुरले उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिमले क्वालिफायर वानमा जनकपुरलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।
जनकपुरका लागि जिमी नीशमले उत्कृष्ट प्रदर्शन गर्दै १७ बलमा २ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ४५ रन बनाए। शेर मल्लले अविजित १६ रन जोडे भने हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन बनाए।
बलिङतर्फ कर्णालीका विपिन प्रसाद शर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी, विलियम बोसिस्टो र जिसन मक्सुदले समान १ विकेट लिए।
अब फाइनलमा जनकपुर र सुदूरपश्चिमबीचको रोमाञ्चक भिडन्त हेर्न खेलप्रेमीहरु उत्साहित छन्।
