सशस्त्र प्रहरी डिएसपी सुरज रिजाललाई प्रशंसा-पत्रसहित बिदाई

बिदेश राजनीति समाचार

पर्सा, ६ ,पुस ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साद्वारा डिएसपी सुरज रिजालको उच्च कार्यको मुल्यांकन गर्दै प्रशंसा-पत्रसहित बिदाई गरिएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज रिजालले सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जमा मिति २०८० चैत ७ गतेदेखि २०८१ पुस ५ गतेसम्म गुल्मपतिको रूपमा सेवा गर्दै अवैध निकासी-पैठारी, लागुऔषध ओसारपसार, मानव तस्करी लगायत सीमापार अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

उनको नेतृत्व क्षमता, समन्वयात्मक भूमिका, र सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा गरेको ऐतिहासिक योगदानलाई उच्च मुल्याङ्कन गर्दै सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले रु. १,००० नगदसहित प्रशंसा-पत्र प्रदान गरेका हुन्।

डिएसपी रिजालले ९ महिनाको कार्यकालमा करिब २४ करोड रुपैयाँ बराबरका अवैध मालसामान बरामद गरी तस्करी नियन्त्रणमा ऐतिहासिक उपलब्धि हासिल गरेका थिए। उनले तस्करीलाई लगभग ध्वस्त बनाउँदै सशस्त्र प्रहरी बलको कार्यक्षमताको उच्च उदाहरण प्रस्तुत गरेका थिए।

डिएसपी सुरज रिजालको सरुवा अब धनुषा जिल्लामा भएको छ भने उनको स्थानमा डिएसपी लोकेन्द्र सुब्बाले सीमा सुरक्षा गुल्म बीरगञ्जको नेतृत्व सम्हालेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *