भन्सार गेटमा करिब ६ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

बिदेश राजनीति समाचार

बिरगंज ,११ पुस ।

पुस ११ गते ४:४५ बजे बीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित भन्सार गेटमा सशस्त्र प्रहरी बल, नेपालले ५.९६४ केजी गाँजासहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुनबहादुर स्याङ्तानको कमाण्डमा खटिएको डग स्क्वायड टिमले नेपालबाट पैदल भारततर्फ जाँदै गरेका धुरी राम र लाल बहादुर महतोलाई गाँजासहित पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरु भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित माधोपुर वैरिया गाउँका बासिन्दा हुन्। धुरी राम वडा नं. १० का बासिन्दा हुन् भने लाल बहादुर महतो वडा नं. ५ का रहेका छन्।

सशस्त्र प्रहरीले बरामद गाँजा र पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी ईनर्वा, पर्सामा बुझाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *