बिरगंज ,१६ माघ।
भारतबाट बाराको बलिरामपुर सिमानाका हुदै भित्रीएका लाखौं मुल्य बराबरको भन्सार छलिएका तस्करीका विभिन्न सामानहरु सशस्त्र प्रहरी बल पर्साले पक्राउ गरेको छ।
वीरगंज-१६ ईनर्वा र नगवाको बीचमा स्थित भुटनदेबी मन्दिर पछाडीबाट सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक(डिएसपी)देबेन्द्र बहादुर सिंहको कमान्डमा खटिएको टोलीले विशेष सुचनाका आधारमा चेक जाच गर्ने क्रममा बाराको बिश्रामपुर गाउँपालिकामा पर्ने बलिरामपुर सिमावर्ति ईलाका हुदै भारतबाट अबैधरुपमा दस वटा साईकलमा लोड गरी ल्याउदै गरेको भन्सार छलिएको तस्करीका रु.३६ लाख ३९ हजार ९ सय बराबरको कस्मेटिक सामन तथा जुत्ता पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको गस्ती टोलि देखि तस्करहरुले सामान छाडी भागी गएको हुदा उक्त सामान बरामद गरी आवश्क कारबहीको लागी विरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)सङ्गम श्रेष्ठले जनाएका छन ।
