बिरगंज ,१५ पुस ।
सशस्त्र प्रहरी बल, पर्सा गुल्म बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा लागुऔषध विरुद्धको अभियानमा ठूलो सफलता हात लागेको छ। २०८१ पुस १५ गते दिउँसो २:४५ बजे बिरगंज भन्सार कार्यालयको गेट अगाडि प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्ति जिल्ला पर्सा, बहुदरमाई नगरपालिका-३, नगरदाहा निवासी ३६ वर्षीय मिश्री राम हुन्। ती व्यक्तिले तेस्रो लिङ्गीको भेष धारण गरी हरियो खुर्सानीको बोरा बोकेर भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँचमा परेका थिए।
फेला परेका लागुऔषधको विवरण
१. डाइजेपाम (२ एमएल) : ४९० एम्पुल
२. ब्युप्रेनोर्फिन (२ एमएल) : ४९९ एम्पुल
३. नुफिन (२ एमएल) : २९७ एम्पुल
४. प्रोमिथाजिन हाइड्रोक्लोराइड (२५ एमजी) : ४९७ एम्पुल
उक्त लागुऔषधसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा दिईएको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरीको यो सक्रियता लागुऔषध नियन्त्रणमा महत्वपूर्ण कदम साबित भएको छ।
