पर्सा ,१७ भदौ । नेपाल तरुण दल पर्साले वीरगन्ज महानगरपालिकाको नगर सभापति पदमा अल्ताफ हुसेनलाई मनोनित गरेको छ। सोमबार सार्वजनिक गरिएको निर्णयपत्रमार्फत उनलाई संगठनलाई सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
निर्णयपत्रमा भनिएको छ, “हामीलाई विश्वास छ कि अल्ताफ हुसेनले आफ्नो नेतृत्व क्षमतासहित संगठनलाई सक्षम र सक्रिय बनाउँदै कुशलतापूर्वक जिम्मेवारी पूरा गर्नेछन्।”
यससँगै हुसेनलाई आगामी दिनमा संगठनात्मक मजबुती, युवामाझ जनआन्दोलनका आदर्श र लोकतान्त्रिक मूल्य–मान्यताको प्रचार–प्रसार गर्ने दायित्व पनि दिइएको छ।
मनोनयनसहित नेपाल तरुण दल पर्साले हुसेनलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।
