बाराको मटिअर्वामा प्रहरीद्वारा लाखौं मुल्य बराबरको पटका बरामद

समाचार

बारा, १७ भदौ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बाराको मटिअर्वा क्षेत्रबाट भदौ १४ गते करिब १ लाख रुपैयाँ बराबरको पटका बरामद गरेको छ।

प्रहरी चौकी मटिअर्वाबाट प्र.ब.ना.नि. दिलिप जङ शाही को कमाण्डमा खटिएको टोलीले कलैया उप-महानगरपालिका–१० स्थित मटिअर्वा स्कुल नजिकैबाट उक्त पटका बरामद गरेको हो। भारतबाट नेपाल तर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले देखेपछि चालकले पटका फालेर मोटरसाइकलसहित फरार भएको बारा प्रहरीले जनाएको छ।

बरामद गरिएको पटका आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *