बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्नु पर्ने प्रभु साहकाे माग

बिदेश राजनीति समाचार

बिरगंज, २७ पुस । आम जनता पार्टी आजपाले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारका बिरुद्धमा बिरगंजमा बिरोधसभा गरेको छ ।

 

बिरगंजमा शनिबार शक्ति प्रदर्शन गर्दै आजपाले बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचार बिरुद्ध बृहतसभा गरेको हो ।

 

सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरे । बिरगंजको ईतिहास, गौरब र सम्मान शासकबर्गले मेटन खोजेको आरोप लगाउँदै उनले यथाशिघ्र बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन् ।

 

‘शासकबर्गले  बिरगंजको ईतिहास, गौरब, सम्मान मेटन खोजिरहेका छन् । बिरगंज उनीहरुका लागि दुहुना गाईजस्तै भएको छ, यहाँबाट राजस्व मात्रै लिने तर बिरगंजको बिकासमा योगदान नगर्ने’ आजपा अध्यक्ष साहले भने, ‘हामीले बिरगंजलाई जसरी पनि देशको आर्थिक राजधानी घोषणा गराउँछौं । बिरगंजले जति मुलुकलाई राजस्व बुझाउँछ, सोही अनुपातमा बिरगंजमा बिकास भएको छैन् । बिरगंजको चौतर्फी बिकासका लागि आजपाले जस्तोसुकै कदम चाल्न बाध्य हुन्छ ।’

 

काठमाडौं देशको प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर बिरगंज आर्थिक राजधानी किन नहुने भन्दै साहले प्रश्न गरे । उनले भने, ‘सबैभन्दा बढी राजस्व बुझाउँने बिरगंज । बाढी उधोगव्यवसाय हुने यही बारा, पर्सा हो । यहाँको उधोगी, व्यापारीले तिरेको राजस्वबाट मुलुक चल्ने तर बिरगंज आर्थिक राजधानी किन नहुने ? यथाशिघ्र बिरगंजलाई आर्थिक राजधानी घोषणा नगरिए आजपा चुप लागेर बस्दैन्, प्रभु साह चुप लागेर बस्दैन् ।’

 

हालै मधेस प्रदेशमा भ्रष्टाचार बिरुद्ध मधेस यात्रा अभियान सम्पन्न गरेको आजपाले सरकारकै संरक्षण एवं मिलोमतोमै भ्रष्टाचार बढदै गईरहेको जनाएको छ । बिरगंजको घण्टाघरमा आयोजित बृहतसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सरकारकै संरक्षण र मिलेमतोमा राज्यको हरेक क्षेत्रमा भ्रष्टाचार बढेको गम्भिर आरोप लगाए ।

 

‘सरकार आफै भ्रष्टाचारीलाई संरक्षण गरेको छ । भ्रष्टाचारी जोगाउने, बचाउँने, संरक्षण गर्ने यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन् । भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको प्रधानमन्त्री केपी ओलीको सरकारले भ्रष्टाचारी जोगाउँने काम गरेको छ’ आजपा अध्यक्ष साहले भने, ‘बिभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिन्छ । तर त्यो काण्डको बारेमा कहिल्यै छानबिन हुदैन् । बिभिन्न ठुलाकाण्डको फाईल सरकारले लुकाएर राखेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भ्रष्टाचारमै संलग्न छन् । यि लुटेराहरुले देशलाई लुटेर कंगाल बनाईसके, राज्यको ढुकुटी लुटेका छन्, बिदेशमा पैसा थुपारेका छन् । यिनीहरुबाट देश समृद्ध हुदैन् ।’

 

देशको राजस्व लुटेर खाने, राज्यको ढुकुटी लुटनेहरुले हरेक नेपालीमाथि बिदेशी ऋण बढाउँदै गईरहेका छन् । विदेशीबाट ऋण लिने तर त्यसको सही सदुपयोग नगरी नेपालीलाई ऋणी बनाउँने काम यो सरकारले गरिरहेको आरोप साहको छ ।

 

आजपाका पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा भएको सभामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, नेताहरु राजन यादव, सियाराम कुशवाहा, उमेश कुशवाहा, विजय यादव निर्विज, रामशरण यादव,  लगायतको बिशेष सहभागिता रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *