पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल सशस्त्र प्रहरीद्वारा सम्मानित

बिदेश राजनीति समाचार

काठमाडौं ,८ माघ। पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल सशस्त्र प्रहरी बलद्वारा पुरस्कृत भएका छन्। २४औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित विशेष कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले ढुंगेललाई सम्मान गरेका हुन्।

ढुंगेललाई ‘आईजी एपीएफ कमेन्डेसन’ प्रमाणपत्र प्रदान गर्दै सशस्त्र प्रहरीले शान्ति सुरक्षा कायम गर्न तथा जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न गरेका योगदानको कदर गरेको छ।

ढुंगेल एक वर्षदेखि पर्सा जिल्ला प्रहरी कार्यालयमा कार्यरत् रहँदै आएका छन्। उनले सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

त्यसैगरी, सोही अवसरमा मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यलाई पनि सम्मान गरिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *