नेपाल मुस्लिम पत्रकार संघद्वारा नव निर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मानित।

बिदेश राजनीति समाचार

पर्सा,१२, माघ ।नेपाल मुस्लिम पत्रकार संघ पर्साले नेपाल पत्रकार महासंघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ। वीरगन्जस्थित क्लासिक बंक्वेटमा आयोजित विशेष कार्यक्रममा संघले केन्द्र, प्रदेश, र जिल्ला तहमा निर्वाचित पदाधिकारीहरूलाई दोसल्ला ओढाई र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले सम्मान प्रदान गर्दै पत्रकारिता समाजका लागि महत्वपूर्ण र विश्वासिलो माध्यम भएकोले यस पेशाको मर्यादा कायम राख्न आग्रह गरे।

नेपाल मुस्लिम पत्रकार संघ पर्साका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, र पर्सा अध्यक्ष ओमप्रकाश खनालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा स्वर्गीय पत्रकार नेहाल खानको परिवारलाई मुस्लिम पत्रकार संघको तर्फबाट ३१ हजार रूपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको थियो। साथै, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामी, र वडा प्रहरी कार्यालयका निरीक्षक निरोज चौलागाईं सहित दर्जनौं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले पत्रकारिता क्षेत्रको गरिमा उचाल्न प्रेरणा प्रदान गरेको आयोजकहरूले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *