सशस्त्रका डिएसपी रिजालको कमान्डमा ५ लाख बराबरको अबैध जुत्ता बरामद ।

बिदेश राजनीति समाचार

धनुषा, माघ २०।

सशस्त्र प्रहरी बल, धनुषा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म मैनाटपुरले भारतबाट नेपालतर्फ तस्करी गरेर भन्सार छली ल्याइएका करिब पाँच लाख रुपैयाँ बराबरका जुत्ता बरामद गरेको छ।

बिदेह नगरपालिका–१ मा तस्करीको बाटो प्रयोग गरी ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरी गुल्म मैनाटपुरका डिएसपी सुरज रिजालको नेतृत्वमा गरिएको कारबाहीमा ३२० जोर जेन्ट्स स्पोर्ट्स जुत्ता र १८० जोर लेडिज चप्पल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी गुल्म धनुषाले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *