भन्सार छली गरी ल्याइएका ३२ लाख ४३ हजार ५५५ बराबरका मालबस्तुहरू पक्राउ

बिदेश राजनीति समाचार

पर्सा,  माघ २४।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरिएका विभिन्न किसिमका खुद्रा सामान र लत्ताकपडासहित करिब ३२ लाख ४३ हजार ५५५ रुपैयाँ बराबरका मालबस्तुहरू पक्राउ गरेको छ।

प्रहरीका अनुसार उक्त मालबस्तुहरू चोरी पैठारी गरी ल्याइएका थिए। पक्राउ गर्ने प्रहरी इकाइमा जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, तथा वडा प्रहरी कार्यालय विर्ता पर्सा समावेश रहेका छन्।

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालले भन्सार छली हुने गतिविधिहरूलाई नियन्त्रण गर्न प्रहरीले कडाइका साथ निगरानी गरिरहेको जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *