पर्सामा अवैध रूपमा सञ्चालन भएका पाँच भट्टी नष्ट, ठूलो मात्रामा मदिरा नष्ट

समाचार

पर्सा ,७ फागुन ।

पर्सामा अवैध रूपमा सञ्चालन भएका पाँचवटा मदिरा भट्टी नष्ट गरेको प्रहरीले जनाएको छ।

फागुन ६ गते अपराह्न ३:१० बजे जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतको प्रहरी चौकी अमरपट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिन्दवासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टी र मधवल गाउँस्थित अवैध रूपमा सञ्चालनमा रहेका पाँचवटा भट्टी नष्ट गरेको छ।

प्रहरी टोलीले सो भट्टीहरूमा उत्पादन गरिएको करिब २,५०० लिटर तयारी मदिरा तथा ८,५०० लिटर कच्चा पदार्थ नष्ट गरेको छ। अबैध मदिरा उत्पादन तथा विक्रिवितरण नियन्त्रण गर्न गरिएको यो अभियान अन्तर्गत प्रहरीले अवैध रूपमा सञ्चालन भइरहेका मदिरा उद्योगहरूमा कडाइ गरिरहेको जनाएको छ।

प्रहरीले मदिरा उत्पादन तथा बिक्रीमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ। स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरी अवैध मदिरा उत्पादन नियन्त्रण गर्न आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *