दिल्लीबासीले अब १६ लाखसम्मको निःशुल्क उपचारको सुबिधा पाउने

बिदेश समाचार

नयाँ दिल्ली, ९ फागुन । दिल्लीका नयाँ मुख्यमन्त्री रेखा गुप्ताको मन्त्रिपरिषद्को पहिलो बैठकले १० लाख भारतीय रूपैयाँ (नेपाली १६ लाख) सम्म निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ ।

 

दिल्लीको नयाँ मुख्यमन्त्री रेखा गुप्ताको अध्यक्षतामा बसेको क्याबिनेट बैठकमा ‘आयुष्मान भारत योजना’ लागू गर्ने निर्णय गरेसँगै अब दिल्लीबासीले १६ लाख रूपैयाँसम्मको निःशुल्क स्वास्थ्य सेवा दिने भएको हो।

 

समाचार अनुसार यस योजना अन्तर्गत दिल्ली सरकारले ५ लाख रुपैयाँ र केन्द्र सरकारले ५ लाख रुपैयाँ दिने छ। बैठकपछि उनले दिल्लीलाई विकसित सहर बनाउन निरन्तर काम गर्ने र यस अभियानमा एक दिन पनि खेर नफालिने बताएकी छिन् ।

 

उनले निर्वाचन अघि गरेका वाचा पूरा गर्ने आश्वासन दिएकी छिन । साथै, पहिलो मन्त्रिपरिषद् बैठकमा महिला सशक्तिकरण योजनाबारे पनि छलफल भएको थियो । सरकारले यस योजनाका लाभार्थीहरूको वर्गीकरण र यसको कार्यान्वयनलाई विचार गरिरहेको जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *