स्ववियु निर्वाचनको तयारीमा जनमत विद्यार्थी संघ, ठाकुरराम क्याम्पसमा भव्य भेला सम्पन्न

समाचार

पर्सा, फागुन १६।

जनमत पार्टी निकट विद्यार्थी जनमत संघ, ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिद्वारा आज क्याम्पसकै सभा हलमा विद्यार्थी भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

इकाई अध्यक्ष अभिषेक झाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष एवं प्रमुख अतिथि ओमप्रकाश सरार्फले सम्बोधन गर्दै क्याम्पसको पुनर्जीवन, सर्वाङ्गीण विकास तथा विद्यार्थीहरूको स्वाभिमानको संरक्षणका लागि जनमत विद्यार्थी संघको प्यानललाई विजयी बनाउन जोड दिए।

उनले शिक्षामा सुधार, पूर्वाधारको विकास तथा थप संकाय स्थापनाका लागि विद्यार्थी जनमत संघले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा पूर्व एस.एस.पी. तथा पार्टीका केन्द्रीय सदस्य अनुराग द्विवेदीले विद्यार्थीहरूमाथि हुने गरेको अत्याचार र विभेदको अन्त्यका लागि आफूहरू सक्रिय रहेको बताए।

भेलामा जनमत विद्यार्थी संघका जिल्ला अध्यक्ष बिबेक झा, युवा जिल्ला अध्यक्ष उदय यादव, सभापतिका उम्मेदवार राज साह, कोषाध्यक्षका उम्मेदवार सलमान देवान, तथा युवा नेताहरू धिरेन्द्र चौधरी, सिकेन्द्र राम, लोकेश कर्णलगायत विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *