बारा, २२ फागुन – जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ को नेतृत्वमा जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न कडा अभियान सञ्चालन भइरहेको छ।
एसपी तामाङले कार्यभार सम्हालेको एक महिनाभित्रै तस्करी, लागुऔषध, हुण्डी, अवैध कारोबार तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीको सक्रियता बढाएको छ। उनले “शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने” प्रतिबद्धता व्यक्त गर्दै बिचौलियामुक्त प्रहरी प्रशासन निर्माण गर्ने लक्ष्य अघि सारेका छन्।
प्रहरीको कारबाही तथा उपलब्धि
१. फरार प्रतिवादी पक्राउ र जरिवाना असुल
गत ३० दिनमा प्रहरीले ५२ जना फरार प्रतिवादी पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ। फरार प्रतिवादीहरूबाट १३ लाख ८६ हजार ८ सय रुपैयाँ जरिवाना असुल गरिएको छ भने १२ वर्ष, ७ महिना, १४ दिन कैद भुक्तान गराउने व्यवस्था गरिएको छ।
२. लागुऔषध नियन्त्रणमा ठूला सफलता
- गाँजा नियन्त्रण – ३२०.३०९ किलोग्राम
- अफिम नियन्त्रण – २९.४५१ किलोग्राम
- ब्राउन सुगर नियन्त्रण – १७०.४ मिलीग्राम
- लागुऔषध सम्बन्धी पक्राउ – २४ जना (२२ नेपाली पुरुष, २ नेपाली महिला, ४ भारतीय पुरुष)
यसैगरी, प्रहरीले १ लाख ८१ हजार रुपैयाँ बराबरको गाँजा तथा २० हजार रुपैयाँ बराबरको अफिम नष्ट गरेको छ।
३. राजस्व संकलन र तस्करी नियन्त्रण
- भन्सार/राजस्व संकलन – ३ करोड ५८ लाख ४० हजार ६ सय ५९ रुपैयाँ
- हुण्डी कारोबारमा संलग्न १ जना पक्राउ, रकम बरामद – ३ लाख २ हजार ५ सय ६५ रुपैयाँ
- भन्सार छली गरिएका कुखुरा, मदिरा तथा काठ बरामद
४. उजुरी तथा छानबिन कारबाही
- परिएका उजुरी – १४० वटा
- फर्छौट गरिएका उजुरी – ८६ वटा
- बाकी रहेका उजुरी – ५४ वटा
- महिला हिंसा सम्बन्धी उजुरी – ८३ वटा (४० फर्छौट)
- घरेलु हिंसा उजुरी – ७७ वटा (३५ फर्छौट)
५. ट्राफिक व्यवस्थापन
- माघ महिनामा संकलित राजस्व – १९ लाख ८५ हजार ५ सय रुपैयाँ
- फागुन महिनामा संकलित राजस्व – १० लाख ५५ हजार रुपैयाँ
- ट्राफिक कारबाही संख्याः
- माघ – २,३६२ जना
- फागुन – १,२६६ जना
- प्रतिदिन औसत २७-३० स्थानमा ट्राफिक चेकिङ
६. जनचेतना तथा सामाजिक कार्यक्रम
- साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम – ५ वटा
- सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम – १४ वटा
- महिला हिंसा न्यूनीकरण कार्यक्रम – ७ वटा
- विद्यालयमा सचेतना तथा अनुशिक्षण कार्यक्रम – १४ वटा, लाभान्वित संख्या – १,२१० जना
- नागरिक सुनुवाइ कार्यक्रम – २ वटा
एसपी तामाङको प्रतिबद्धता: अपराधमुक्त बारा
एसपी सन्तोष तामाङले जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा मजबुत बनाउने र प्रहरी सेवालाई जनमुखी बनाउन विभिन्न कडा कदम चालेका छन्। उनले मातहतका प्रहरी कर्मचारीलाई जनताको सेवकको रूपमा कार्य गर्न निर्देशन दिँदै अपराधमुक्त बाराको संकल्प व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बारा, कलैया को नेतृत्वमा चालिएका यी कदमहरूले जिल्लामा शान्ति सुरक्षालाई थप सुदृढ गर्ने विश्वास गरिएको छ।
