“प्रहरीसँग एक दिने कार्यक्रम सम्पन्न”

समाचार

पर्सा,  फागुन २४।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा “प्रहरीसँग एक दिने कार्यक्रम” सम्पन्न भएको छ।

सो कार्यक्रममा G.H.P. Secondary School का शिक्षक तथा विद्यार्थीहरू सहभागी भएका थिए। कार्यक्रमको क्रममा उनीहरूले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रसँग छलफल तथा अन्तरक्रिया गरेका थिए। साथै, जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरूको अवलोकन समेत गरिएको थियो।

कार्यक्रमका क्रममा एसपी मिश्रले शान्ति सुरक्षा कायम राख्न प्रहरीको भूमिका, विद्यार्थीहरूको जिम्मेवारी, र देश सेवामा योगदान दिन सकिने विभिन्न उपायहरू बारे मार्गदर्शन प्रदान गरेका थिए। उनले विद्यार्थीहरूलाई अनुशासन, इमान्दारी, तथा कर्तव्यपरायणताको महत्वसमेत सम्झाउँदै समाजप्रति उत्तरदायी नागरिक बन्न प्रेरित गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साले यस प्रकारका कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *