४७ लाख भन्दा बढीका सुनसहित बिरगंजका एक ब्यक्ति मकवानपुर प्रहरीद्वारा पक्राउ ।

समाचार

रसीद आलम, मकवानपुर ,२८ असार ।

आज बिहान् ११:३० बजेको समयमा  हेटौडा उ.म.न.पा. वडा नं. १५ स्थित रातोमाटे चेकपोष्ट अगाडी अबैध सुनसहित एक जना ब्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको जनाएको छ।

बिशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले काठमाण्डौबाट बिरगंजतर्फ आउदै गरेको ना १ ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार जिल्ला पर्सा बिरगंज म.न.पा. वडा  नं ०१ बस्ने वर्ष ३५ को प्रभु साह सोनारलाई शंका लागी निजको शरीर तथा झोला  चेकजाँच गर्ने क्रममा निजको साथबाट अवैध भन्सार छली चोरी पैठारी निकासी गरी ल्याएको सुन ४८९ ग्राम ३७ मिली ग्राम फेला परेको हुँदा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुनचाँदी व्यवसायी सँघ मकवानपुरको अनुसार पक्राउ गरेको उक्त सुनको आजको बजार मुल्य रु. ४७ लाख ३६ हजार ७ सय ५९ रहेको तथा निज प्रभु साह सोनारलाई सो अबैध सुन सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *