बिरगंज ,१२ पुस ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले अबैध उत्खनन गरि बालुवा लोड गरेको आरोपमा ६ वटा ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको छ।
पर्सा गढी न.पा.वडा न.३ स्थित भेडाहा खोलाबाट अबैध उत्खनन् भैरहेको विशेष सूचनाको आधारमा बिहीबार बिहान् ७ बजे सो ट्याक्टरहरुलाई बालुवा लोड रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली को प्रमुख प्रहरी निरीक्षक राम राजा केशरीको ठाडो निर्देशनमा प्रहरी चौकी मिलन चौकबाट गएको प्रहरी टोलिले ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६, ना ७ त १२९६
र प्र .२०३ ००१ त ४७४७ नम्बरको टयाक्टरहरु नियन्त्रणमा लिईएको तथा सो सम्बन्धमा आवश्यक अनुसन्धान तथा कार्वाही भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जानकारी गराएको छ।