नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेजबीच शैक्षिक तथा पत्रकारिता प्रवद्र्धनका लागि समझदारी

बिदेश राजनीति समाचार

वीरगञ्ज, १८ पुस ।

नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेजबीच शैक्षिक, सामाजिक र पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार, दुवै पक्षले पर्सा जिल्लामा शैक्षिक, सामाजिक र अर्धराजनीतिक क्षेत्रमा प्रगतिका लागि संयुक्त प्रयास गर्ने सहमति गरेका छन्।

समझदारी अनुसार, शैक्षिक क्षेत्र सुधारका लागि बहस र अन्तरक्रियाका कार्यक्रमहरू आयोजना गरिनुका साथै पत्रकारिता क्षेत्रको प्रवद्र्धन र सञ्चारकर्मीहरूको दक्षता अभिवृद्धिमा विशेष पहल गरिनेछ। वीरगञ्ज कलेजले पर्सा जिल्लामा कार्यरत पत्रकारहरूको क्षमता विकासका लागि पत्रकारिता विषयमा अध्ययनको विशेष व्यवस्था गर्ने र नेपाल पत्रकार महासंघ, पर्साका सदस्यहरूले कक्षा ११ र १२ मा वार्षिक रु. पाँच हजारमा अध्ययन गर्न पाउने सहमति भएको छ।

समझदारी तीन शैक्षिक सत्रसम्म लागू हुने र आवश्यकता अनुसार समयावधि थप गर्न सकिने छ। महासंघकी उपाध्यक्ष निलिमा पौडेलका अनुसार, दुवै पक्षले स्थानीय सरोकारका विषयमा सकारात्मक परिवर्तन ल्याउन समन्वयात्मक प्रयास गर्नेछन्। महासंघका अध्यक्ष ओमप्रकाश खनाल र वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीले पर्सा जिल्लामा पत्रकारिता र शिक्षा क्षेत्रमा नवीन र सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *